सरकारले इजरायलमा रहेका नेपालीको तुरून्त उद्धार गरोस्, विज्ञप्ति जारी गरेर पुग्दैन : पदम गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक तथा सांसद पदम गिरीले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनुपर्ने बताए।

‘ती नागरिकको अभिभावक यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाइ गर्न हुँदैन। यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनुपर्छ। सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन।’

उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्रीबीच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाका लागि छलफल गर्नुपर्ने बताए।

देशमा अवसर नपाएर बिदेसिएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले यस्ता धेरै पीडाहरू भोगेको उनको भनाइ छ। यदि जोकोही नेपाली स्वदेश फर्किन चाहन्छन् भने सरकारले सम्बन्धित निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर