नेपाललाई दिइने ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्री महतको आग्रह

अर्थमन्त्री प्रकाशशरण महतले नेपाललाई दिइने ऋण सहायता सहुलियतपूर्ण बनाउन आग्रह गरेका छन् ।

बुधबार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री महतले जलवायु परिवर्तनको गैरअनुपातिक असर परेको नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिबद्धता ठोस रूपमा प्रतिबिम्बित हुनुपर्ने धारणा व्यक्त गरे ।

निजी क्षेत्रसंग सम्बन्धित उपकरणहरूसमेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्‍याउने र ‘आईडीए’ मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनुपर्ने चासोको सम्बोधन हुन सक्ने बताए ।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले कोषको वित्तीय सुविधाहरू परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिबिम्बित हुन नसकेकाले जारी कोटा पुनरवोलकन प्रक्रियामा पुनर्विचार हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *