कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि मात्रै, बिहान ८ बजेदेखि सांसदहरूको सनाखत

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ। मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका केदार कार्की र नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बाेलाई समर्थन गरेका सांसदहरूको सनाखत गर्न प्रदेश प्रमुख परशुराम खापुङले समय लिएका हुन्।

मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख खापुङले सनाखत गने भएका हुन्।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ।

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख खापुङले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए। त्यसबमोजिम कार्की र आङ्बोले दाबी पेस गरेका हुन्।

आङ्बोले सत्ता गठबन्धन र कार्कीले एमाले सांसदको समर्थनमा दाबी पेस गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर