काठमाडौंमा जर्मन एकता दिवस तथा नेपालसँग कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सव मनाइयो

काठमाठौंमा बिहीबार जर्मन एकता दिवस तथा नेपाल–जर्मनी कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सव मनाइएको छ।

जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र श्रीमती अनुजा प्रिन्जले सो अवसरमा काठमाडौंको बौद्धस्थित ह्यात रिजेन्सीमा ४०० भन्दा बढी पाहुनाहरूलाई आमन्त्रित गरेका थिए।

यो वर्ष केएफडब्ल्यूको स्थापनाको ७० वर्ष र नेपाल र जर्मनीबीचको आर्थिक सहकार्यको ६० वर्ष पूरा भएको छ।

केएफडब्ल्यूले जर्मन विकास सहयोग च्यानलहरूको एक भागको रूपमा जर्मन सरकारबाट नेपाललाई सहयोगका विभिन्न क्षेत्रमा जर्मन वित्तीय सहयोग कोषहरू उपलब्ध गराउँछ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, राजनीतिक दलका नेता, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका सदस्य, मानवअधिकार अधिवक्ता, व्यापारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आफ्नो स्वागत मन्तव्यमा राजदूत प्रिन्जले भने, ‘हामी नेपाल र जर्मनीबीचको द्विपक्षीय सम्बन्धको ६५ औं वर्ष मनाउँदै छौं । मित्रता र एकताको ६५ वर्ष। गृहयुद्ध होस्, २०७२ को भूकम्प होस् वा कोभिड–१९ महामारीको कठिन समयमा हामी नेपालको साथमा उभिएका छौं। हामी नेपालले गरेको ठूलो प्रगतिलाई स्वागत गर्छौं र हाम्रो समर्थन जारी राख्छौं।’

उनले इजरायलमा भएको आतंकवादी हमलामा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे।

३४ वर्ष पहिले १९८९ मा तथाकथित ‘बर्लिन पर्खाल’ भत्किएको थियो। त्यो पर्खाल जसले सन् १९६३ देखि जर्मनीको पूर्वी र पश्चिमी भागलाई विभाजित गर्दै आएको थियो।

‘बर्लिनर माउर’ भौतिक रूपमा असन्तुष्ट पूर्वी जर्मनहरूलाई पश्चिम भाग्नबाट रोक्नका लागि डिजाइन गरिएको थियो। १९८९ को शान्तिपूर्ण क्रान्तिले नोभेम्बर ९, १९८९ मा सिमाना खोल्न नेतृत्व गर्‍याे, जसले २८ वर्षपछि पहिलो पटक जर्मनहरूलाई सम्पूर्ण देशमा स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दियो।

यसले पूर्व र पश्चिमबीचको मुठभेडको नयाँ रूप निम्त्यायो र सम्पूर्ण युरोपलाई पुनः एकताबद्ध गर्‍याे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर