बारामा निजी विद्यालयका प्रधानाध्यापकको हत्या आरोपमा एक जना पक्राउ

बारामा निजी विद्यालयका एक प्रधानाध्यापकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका-६ मा सोमबार मध्याह्न भएको प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु) को हत्या अभियोगमा एक जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको टोलीले कलैयाबाट एक जनालाई पक्राउ गरेको हो।

घटनामा शंकास्पद व्यक्ति पक्राउ परेको तथा अनुसन्धान भइरहेको हुनाले प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन।

सोमबार दिउँसो पौने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो।

मोटरसाइकलमा चढेर आएका चार जनाको समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

गोली लागेर गम्भीर घाइते स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर