अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद आइतबार स्वदेश फर्किने

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद १९ गते आइतबार स्वदेश फर्किने भएका छन् ।

अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनको निमन्त्रणामा मन्त्री साउद वाशिङ्टन गएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोेनियो गुटेरेसलाई काठमाडौंमा स्वागत गरेपछि मन्त्री साउद अमेरिका उडेका थिए ।

यसबीच उनले अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरिसकेका छन् ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली-अमेरिकी व्यवसायी समुदायसँगको अन्तर्क्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल-अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा परराष्ट्रमन्त्रीले सहभागिता जनाइसकेको मन्त्री साउदका सहयोगी केशव साउदले जानकारी दिए ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वाशिङ्टन डीसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष सहभागी थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर