कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

कोशी प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिएका छन् । नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगु मन्त्रिपरिषदमा थपिएका हुन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा नेकपा (एमाले) का रामबहादुर रानामगर र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ ।

पुराना र नयाँ थपिएका सबै मन्त्रीहरू हाल बिनाविभागीय छन् । गठबन्धन दलहरूबीच छलफल भएपछि उनीहरूलाई जिम्मेवारी दिइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *