भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ ।

कार्तिक २९ गते परेको भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुनचाँदीजस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।

साथै कार्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । यसैगरी कार्तिक २७ गते सोमबार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा र म्हपूजा परेको छ भने सोही दिनबाट नेपाल संवत् ११४४ प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *