बद्री केसी नेतृत्वको कमिटी अवैध भएको एनआरएनएको ठहर, विधानविपरीत गतिविधि नगर्न चेतावनी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धिसागर सुवेदीले पूर्वअध्यक्ष बद्री केसीको नेतृत्वमा गठन गरिएको भनिएको कार्यसमितिको कुनै वैधता नरहेको स्पष्ट परेका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले नवनिर्वाचित आईसीसी सदस्यहरूलाई अनलाइनबाट शपथ दिलाउने काम संघको विधानप्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन्।

यसैगरी केही सञ्चारमाध्यमबाट अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मा दिने निर्णय गरेको भन्ने कुरा आफैंमा हास्यास्पद रहेको पनि विज्ञप्तिमा उल्लेख छ। कथित अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिने भन्ने कुरा धाँधलीको ढाकछोप गर्ने तथा प्रमाण नष्ट गर्ने एक चालबाजी मात्र भएको दाबी गरिएको छ। त्यस्तो कम्पनीलाई काममा लगाएबापत लाग्ने खर्च संघले नव्यहोर्ने र त्यसको खर्च सम्बन्धित व्यक्तिहरूले नै व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ।

त्यस्तै चुनावमा गरिएका अनियमितताहरूको प्रमाण नष्ट गर्न जिम्मेवार कर्मचारी तथा व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर