सावित्री कञ्चनजंगा एमपीएल : पुरूषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सलाई उपाधि

सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सम्पन्न महेश्वरी प्रिमियर लिग (एमपीएल) क्रिकेटको उपाधि पुरूषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेका छन् ।

काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा भएको प्रतियोगिताको पहिलो सिजनको फाइनल खेलमा पुरूषतर्फ चिताह चेजर्सले २३ रनले उपाधि पक्का गरेको हो । गोल्डेन इगल्सविरूद्ध पहिले ब्याटिङ गरेको चिताह चेजर्सले १६ ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको विजयी लक्ष्य पछ्याउन आएको गोल्डेन इगल्सले १५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १३० रन मात्र बनाउन सक्यो ।

यसैगरी एमपीएलको महिलातर्फ उपाधि फायर फाइटर्सले ३८ रनले जितेको छ । फाइनलमा गेम चेन्जरविरूद्ध मैदान उत्रिएको फायर फाइटर्सले पहिला ब्याटिङ गर्दै १० ओभरमा ३ विकेट गुमाउँदै ८२ रन बनाउन सफल भएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको गेम चेन्जरले १० ओभरमा ५ विकेट गुमाएर ४४ रन मात्र बनाउन सक्यो ।

पहिलो पटक एमपीएल क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल) को फर्म्याट्मा खेलाइएको थियो, जहाँ पुरूषतर्फ ५ र महिलातर्फ ४ टोलीले प्रतिस्पर्धा गरेका थिए । पुरूषतर्फ १३ खेल र महिलातर्फ ७ खेल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर