पुलिस एकेडेमीकै ३६ रोपनी जग्गा हडप्न किर्ते

प्रहरीलाई भोगचलनका लागि सरकारले दिएको जग्गा किर्ते कागजपत्र बनाएर हडप्न खोज्ने एक जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई हकभोगका लागि दिएको काभ्रेपलाञ्चोकको ३६ रोपनीभन्दा धेरै क्षेत्रफलको जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ताका लागि कागजपत्र बनाइएको हो ।

ब्यूरोले काभ्रेपलाञ्चोक साविक सुनथान गाविस ८ कित्ता नम्बर ७५ वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नका लागि फिल्डबुकलगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानमा पुष्करबहादुर बस्नेत पक्राउ परेका हुन् ।

बस्नेतविरूद्ध ब्यूरोले जिल्ला अदालत धुलिखेलबाट लिखतसम्बन्धी कसुर मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर