९.८७ अंकले बढ्यो नेप्से 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० रूपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार एक सय पाँच रूपैयाँ बुराबरको कारोबार भयो । यस्तै सोनापुर मिनरल्स नौ करोड ५८ लाख एक सय ६९ रूपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार एक सय ८१ रूपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ रूपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लख २७ हजार सात सय १४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।
यस्तै नबिल बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ र हिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर