अत्यधिक एन्टिबायोटिक प्रयोग गर्नुहुन्छ? सावधान!

एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले गम्भीर बिरामी बनाउन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै गरेको एक अनुसन्धानले एन्टिबायोटिकको अत्यधिक प्रयोग स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण रहेको पत्ता लगाएको हो।

मानिसहरू प्रायः खोकी, शरीर दुखाइ, ज्वरो वा एलर्जीका लागि एन्टिबायोटिक प्रयोग गर्छन्। अनुसन्धानअनुसार यो औषधिको अत्यधिक प्रयोगले मानिसहरूमा ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ पैदा गरिरहेको छ, जुन काेभिड महामारीभन्दा पनि खतरनाक छ।

‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ अर्थात् एएमआरले विश्वमा हरेक वर्ष ५० लाख मानिसको ज्यान लिन्छ। यस्तै अवस्था रहे सन् २०५० सम्ममा मृत्यु हुनेको संख्या १ करोड नाघ्ने अनुसन्धानको दाबी छ।

कोभिड महामारीका कारण ३ वर्षमा ७० लाख मानिसको मृत्यु भएको थियो। एएमआरका कारण एक वर्षमा १ करोड मानिसको मृत्यु भएको छ। यसरी एएमआर कोभिड महामारीभन्दा पनि भयावह रहेको अनुसन्धानले पत्ता लगाएको हो।

ब्याक्टेरिया मार्न एन्टिबायोटिकको प्रयोग गरिन्छ। तर यदि कुनै व्यक्तिले एन्टिबायोटिक बारम्बार प्रयोग गरिरहन्छ भने ब्याक्टेरियाले त्यो औषधिको विरूद्धमा आफ्नो प्रतिरोधात्मक क्षमता विकास गर्छ। त्यसपछि यसलाई ठीक गर्न धेरै गाह्रो हुन्छ। यसलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स भनिन्छ।

यस्तो अवस्थामा राम्रोसँग उपचार नचए कलेजोमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ । साथै कलेजो ‘ड्यामेज’ हुने जोखिम पनि बढ्छ। यो फ्याटी लिभरबाट सुरू हुन्छ र बिस्तारै सिरोसिस-फाइब्रोसिसमा परिणत हुन्छ।

शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग कलेजो हो। यसको वजन लगभग १.५ किलोग्राम हुन्छ। कलेजोको काम शरीरको फोहोरलाई फिल्टर गर्ने हो अर्थात् यसले शरीरमा रहेका विकार पदार्थहरू सफाइ गर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *