उपरथी अशोक सिग्देल रथी बढुवाका लागि सिफारिस

नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी बढुवाका लागि सिफारिस छन् । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार वरिष्ठ उपरथी सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुका लागि सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्ने सम्भावना छ ।

नेपाली सेनाको स्रोतका अनुसार उपरथी सिग्देलको बारेमा कुनै कैफियत नरहेको जनाइँदै तालुकदार रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले सरकारसमक्ष बढुवा सिफारिस गरेको हो ।

सिफारिस भएसँगै रक्षामन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मंगलबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकमा पेस गर्ने र उनको बढुवा स्वीकृति हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर