अशोक रथी र सन्तोष उपरथीमा बढुवा

सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी र सहायक रथी सन्तोष वल्लभ पौड्याललाई उपरथीमा बढुवागर्ने निर्णय गरेको छ ।

नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी सिग्देलको बढुवा भएको हो ।

मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् । अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।

उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बढुवा हुनेछन् । बैठकले सन्तोषबल्लभ पौड्याललाई उपरथीमा बढुवा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर