दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-१ घर भई हाल काठमाडौंको बाफल बस्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ छन्।

प्रहरीका अनुसार उनले पीडितलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु, त्यसका लागि २ लाख ४० हजार रूपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए।

यसरी प्रलोभनमा पारेपछि पीडितबाट पटक-पटक गरी एक लाख ९५ हजार रूपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर