एनसेलको शेयर खरिद-बिक्रीविरूद्ध अमरेश सिंहको रिट न्यायाधीश ढुंगानाको इजलासमा

एनसेलको शेयर खरिद-बिक्रीविरूद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

यसअघि आइतबार र सोमबारका लागि तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिद-बिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिद-बिक्रीलाई मान्यता नदिन पनि माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर