लागुऔषध कारोबारीलाई समात्न ललितपुरमा प्रहरीले चलायो गोली, एक जना हतियारसहित पक्राउ

प्रहरीले ललितपुरको झम्सिखेलमा गोली चलाएको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

एसपी रेग्मीका अनुसार उदयपुर घर भएका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गर्न गोली चलाइएको हो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

पक्राउ परेका राईको साथबाट लागुऔषधसँगै हतियार पनि बरामद भएको एसपी रेग्मीले बताए। ‘विस्तृत विवरण केही बेरमा सार्वजनिक गर्छौं,’ उनले पर्दाफाससँग भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर