सुनको मूल्य २ हजार ८ सयले बढेर तोलाको १ लाख १८ हजार २ सय ५० रूपैयाँ पुग्यो

सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेर तोलाको १ लाख १८ हजार २ सय ५० रूपैयाँ पुगेको छ । कारोबारको आज पाँचौ दिन सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।

बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *