नेपाली सेनामा भर्ना खुल्यो

नेपाली सेनामा प्राविधिक, हवाई र विविध सेवा तर्फ ठुलो संख्यामा भर्ना खुलेको छ ।

सैनिक मुख्यालयस्थित भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

सेनाले शुक्रवार सूचना प्रकाशित गर्दै ती पदमा कर्मचारी मागेको हो। सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, मर्मततर्फ १२ जना, सैनिक ब्यान्डतर्फ १४ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी माग गरेको हो। सेनाले शुक्रवार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै ती कर्मचारी मागेको हो।

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिन सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। दरखास्तका लागि पदअनुसार फरक फरक दरखास्त शुल्क तोकिएको छ।

सेनाले आजको गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचना अनुसार आजदेखि पुस २९ सम्म भर्नाका लागि दरखास्त दिन सकिने छ ।

हेरौं सेनाको सूचनाः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *