मकवानपुरबाट सुनसहित दुई जना पक्राउ

मकवानपुरमा सुनसहित दुई जना पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेस्थित चेकप्वाइन्टबाट सुनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।

चेकप्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाएर ल्याएको करिब ४ सय ५० ग्राम सुनको ब्रास्लेट ९ थान र ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *