सभापतिका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन : प्रवक्ता महत

अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरे। पार्टी सभापतिले सबैलाई स्वतन्त्र रूपमा काम गर्न दिएको उनको दाबी छ।

प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरूले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *