अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको आशंका

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशित गरेका छन् । खासगरी भारतीय सञ्चार माध्यमहरूले गम्भीर बिरामी भएपछि उनलाई कडा सुरक्षाका बीच पाकिस्तानकाे कराचीस्थित अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार उनलाई अस्पताल भर्ना गरिएकाे विषय अति गाेप्य राखिएकाे छ । पाकिस्तानले दाउद त्यहाँ रहेकाे अस्विकार गर्छ । समाचारमा टाइम्स अफ इण्डियाले गाेप्य स्राेतलाई जनाएकाे छ ।

उनलाई विष दिइएको आशंका गरिएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । दाउदलाई भर्ना गरिएको अस्पतालमा कडा सुरक्षा व्यवस्था गरिएको जनाइएको छ ।

दाउद भारतीय नागरिक भए पनि भारतबाट भागेर कराचीमा बस्दै आएका छन् । उनको डि कम्पनीले विश्वभर आफ्नो साम्राज्य बनाएको छ । भारतले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । दाउद सामान्य परिवारबाट आएर पहिला मुम्बई र पछि विश्वभर नै आफ्नो सञ्जाल फैलाएका चर्चित डन हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *