बारामा पाँच लाख रूपैयाँ घुससहित पक्राउ परे वडाध्यक्ष

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन्।

कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पाँच लाख रूपैयाँ घुससहित जीतपुरको जयसवाल होटलबट पक्राउ गरेको हो।

कार्की २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर