नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।

उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरू मात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।

उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरू पाल्नुपरेको बताए।

उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेका बेला यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सकिन्छ भन्दै प्रश्न गरे।

उनले संघीयता काम नलाग्ने रहेछ भन्ने कुरा सबैले अहिले महसुस गर्न थालेको बताए।

उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च स्थानीय तहमा पठाउनुपर्ने बताए।

अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *