काठमाडौंका विभिन्न ठाउँमा आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द

नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएकाे छ ।

बुधबार एक सुचना जारी गर्दै प्राधिकरणले बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

उक्त सुचनामा प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको उल्लेख गरिएको छ ।

बुधबार(आज) चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर