राष्ट्रियसभा निर्वाचनका लागि तोकियो ७ मतदानस्थल र १४ मतदान केन्द्र

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक-एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुईवटा मतदान केन्द्र तोकिएको हो।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम मतदानस्थल राखिएको छ।

बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौंडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ।

लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढी मतदानस्थल तोकिएको छ।

मतदानस्थलमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्नेछन्।

माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचनका लागि आयोगमा १२ दल दर्ता भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *