भिजिट भिसा प्रकरण : टुर्स एण्ड ट्राभल्सका सञ्चालक पक्राउ

भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने ट्राभल्स संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे  घर भई हाल ललितपुर स्थित ईमाडोलमा सिटि टुर्स एण्ड ट्राभल्स संचालन गर्दै आएका संचालक ४५ वर्षीय विनोद कार्की रहेका छन् । उनलाई बिहिबार बल्खुबाट प्रहरीले पक्राउ गरेको हो ।

नक्कली डकुमेन्ट बनाएर नेपाली युवा युवतीलाई खाडीका विभिन्न मुलुकमा पठाउने काममा उनीहरुको समेत संलग्नता खुलेपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । एजेन्ट , कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिब्यक्ति १० हजारदेखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउनेमा कार्की समेत संलग्न पाइएको अपराध अनुसन्धान कार्यालय ले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर