सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार पुस १६ गतेदेखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुनेछ।

सुरुङ मार्गको दक्षिण र उत्तरतर्फको पोर्टल तथा बाइपास टेल र स्लोप क्षेत्रको काम गर्दा राजमार्गको सिद्धबाबा खण्ड दैनिक ६ घण्टाका लागि बन्द गरिन लागिएको हो। राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो ।

पहिरोका कारण सधैंजसो अवरुद्ध हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण थालिएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का पाएर १ वर्षअघिदेखि काम सुरु गरेको छ।

सिद्धबाबा सडक खण्डको दोभानदेखि सिद्धबाबासम्म १ हजार १२६ किलोमिटरको सुरुङ निर्माण हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर