राष्ट्रका नाममा प्रधानमन्त्रीकाे सम्बाेधन

देशमा आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरूरी छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन गर्न र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन जरूरी नभएको बताएका छन्। मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले कमजोर कार्यसम्पादन गर्ने मन्त्रीहरूले पनि पद ओगटेर बस्न नहुने बताए। उनले मन्त्रीहरूप्रति संकेत गर्दै हरेकले आ-आफनो भूमिकालाई न्याय हुने गरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताए।

‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छँदै छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ-आफनो भूमिकाप्रति न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं,’ प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने अब कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन। छाडिदिनुपर्दछ। यो मैले अरूलाई दिएको उपदेश मात्रै होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’

प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रूपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिबद्ध रहेको समेत बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *