एक करोड बढी घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

घुस लिएको आरोप लागेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन्।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रारसमेत रहेका पराजुली पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा बुधबार पक्राउ परेका हुन्।

मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो।

पूर्वरजिष्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन्। पक्राउ परेका उनलाई पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिष्ट्रारलाई एक करोड २५ लाख रूपैयाँ घुस दिएको बयान दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *