एएसजी आई केयर हेल्थमा एभरेष्ट बैंकका ग्राहकलाई १० प्रतिशत छुट

एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिसेज प्रालि, नयाँबानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेका १४० शाखाबाट समेत शल्यक्रिया प्रक्रिया, माइनर इन्भेस्टिगेसन (कर्मचारी मात्र), अप्टिकलमा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकका लागि १५ दिन भित्रको फलाे अपसमेत निःशुल्क हुने जनाइएकाे छ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर