उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस

नेपाली सेनाका उपरथी निर्मल थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।

रथी सीताराम खड्काले ३ पुसमा अवकाश पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गरेको हो।

रथी बढुवा सिफारिससम्बन्धी सातदिने सूचना बुधबार प्रकाशित भएको हो।

सेनामा रथीको दुईवटा दरबन्दी छ। यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा छन्।

उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रूपमा कार्यरत छन्।

थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रूपमा मिसनमै रहनेछन्। उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर