रूपन्देहीमा बालिकाको हत्या, हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ

रूपन्देहीको मर्चवारी गाउँपालिका-१, इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी-१, इस्लामपुरमा आज फेला परेको हो ।

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर