राष्ट्रियसभा निर्वाचनको उम्मेदवारमा हालसम्म अवसर नपाएकालाई प्राथमिकता : कांग्रेस

सत्तारूढ दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिइने जनाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताएका हुन्।

भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उनले बताए।

नेपाली कांग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ। राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *