राप्रपा शीर्ष नेताहरूले भैरहवा पुगेर भेटे पूर्वराजा ज्ञानेन्द्र, के भयो कुराकानी ?

पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूबीच भैरहवामा भेटवार्ता भएको छ ।

बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र सांसद दीपक सिंहले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।

पूर्वराजा शाहसँग देशको पछिल्लो परिस्थितिलगायत समयसामयिक विषयमा कुराकानी भएको भेटमा सहभागी नेताहरूले बताएका छन् ।

राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना तथा संघीयता खारेजीको मागसहित आन्दोलन घोषणा गरेको छ । नेताहरूले यसबारे पनि पूर्वराजा शाहलाई जानकारी गराएका छन् ।

राप्रपका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार भेटमा पूर्वराजा शाहले आफू राजसंस्थाको प्रतिनिधित्व गर्ने भन्दै आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्नु रहेको र सबै नेपाली आफ्ना लागि समान रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *