गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगि नसकेको बताए । उनले आज साँझ वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए ।

उनले भने, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको छ । मुलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ । थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहन बस्ने गरी उठेका छौँ । एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर