कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेस प्रदेशमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यसैगरी कर्णाली प्रदेशको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *