भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृत्यु हुने युवती नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदी रहेको खुलेको छ ।

बुधबार अराह्न ४:३० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-९, पलासे फन्डभ्याली नजिक मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार युवतीलाई मोटरसाइकलले थिचेको सूचनापछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो ।

साँगाबाट जगातीतर्फ बाटोको साइडमा हाइवेबाट करिब ३० फिट तल खसेको प्रदेश २-०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले युवतीलाई थिचेको हो ।

प्रहरी घटनास्थल पुग्दा दुवै पांग्रा उत्तानो परेको मोटरसाइकलले थिचिएकी युवतीको मृत्यु भइसकेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर