लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔं : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरूरी रहेको बताएका छन्।

शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा बोल्दै उनले आगामी लगानी आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने खालका नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए।

उनले व्यवसायीहरूलाई प्रत्येक दुई/दुई वर्षमा सीआईपी दिने गरेको भए पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेका समस्याहरू समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए। उनले एकद्वार प्रणाली छ भने पनि नहुने गरेको गुनासो गरे।

उनले छिटोभन्दा छिटो निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे खोलेर उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने व्यवस्था सरकारले गर्नुपर्ने बताए।

उनले नेपालको अहिलेको आयात निर्यातभन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए।

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए।

उनले निर्यात प्रवर्द्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर