निकालियो त्रिशूलीमा खसेको जीप, मान्छे भेटिएनन्

त्रिशूली नदीमा मंगलबार बिहान खसेको जीप निकालिएको छ । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको हो ।

चितवनका डीएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर, जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न नसकिएको डिएसपी भण्डारीले बताए । जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो ।

गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको डीएसपी भण्डारीले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर