प्रधानमन्त्री कप क्रिकेट : अर्जुन साउदकाे अर्धशतकमा पुलिसले कोशीलाई हरायो

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । काेशी प्रदेशका सुजन थपलियाको शतकका बावजुद पुलिस क्लबले प्रधानमन्त्री उत्कृष्ट जित हात पारेको हाे ।

जितका लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दिलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।

सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई-दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक-एक विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *