अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा नयाँ युगको प्रवेश : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रूपमा लिनुपर्ने बताएका छन्।

सामेवार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै उनले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा विश्वका हिन्दु धर्मालम्बीहरूका लागि ठूलो पर्व भएको बताए।

उनले राम मन्दिरको प्राणप्रतिष्ठाले विश्वभरका भगवान् श्रीरामको र सीतारामको महिमाको जानकारी पाउने मौका पाएको बताए। उनले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र भारतीय छोरा रामबीच भएको विवाहबाट सुरूआत भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताए।

उनले भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठालाई नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरूले ठूलो उत्सवका रूपमा लिएको बताए। उनले गाउँघरहरू सबै आनन्दित भएको पनि बताए।

उनले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरूलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *