भारतमा म्यानमारी वायुसेनाको विमान दुर्घटना

भारतको उत्तरपूर्वी राज्य मिजोरमको लेङपुईमा मंगलवार एउटा विमान दुर्घटना भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त विमान म्यानमारको वायुसेनाको हो। विमान लेङपुई विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।

विमानमा पाइलटसहित १४ जना सवार रहेको जनाइएको छ। मिजोरमका डीजीपीले घाइतेहरूलाई लेंगपुई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर