मधेस सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता

केन्द्रमा डा. सीके राउतले नेतृत्व गरिरहेको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा सुरूदेखि नै सहभागी जनमत पार्टीका दुई मन्त्रीले मंगलवार पदबाट राजीनामा दिएका छन् । साथै जनमतले मधेस सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

मधेसका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन् ।

मंगलवार नै बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

मधेसमा जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन्। जसपासँगको निरन्तरको विवाद र सम्बन्धमा तिक्ततापछि जनमत सरकारबाट बाहिरिएको हो ।

गठबन्धनको सरकार भए पनि जसपाले एक्लौटी गरेको भन्दै जनमत रूष्ट रहँदै आएको थियो । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा-जनमतबीचको टकराव छताछुल्ल भएको थियो ।

विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर