संसद् अधिवेशन आह्वानको तयारीबारे प्रधानमन्त्रीले गराए सभामुखलाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गरेका छन् ।

आजको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजे आह्वान गर्न आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर