२०८१-२०९१ को दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाइने

सरकारले २०८१-२०९१ सम्मको दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ को रूपमा अघि बढाउने भएको छ ।

बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानका रूपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए । आन्तरिक रोजगारी बढाउन नसकेसम्मका लागि वैदेशिक रोजगारीमा जाने कुरालाई व्यवस्थित गर्न र अनियमितताको नियन्त्रण गर्न जरूरी रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको बताए । उनले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबीलगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे ।

उनले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाहरूको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

मन्त्री भण्डारीले श्रम मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउने र वैदेशिक रोजगारीमा गएकाहरूको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *