५१ किलो बढी गाँजासहित तीन जना पक्राउ

५१ किलो बढी गाँजासहित देशभरबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बू रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट अवैध ५० किलो लागूऔषध नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, पोखरा महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनारसमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १ किलो ३० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको पुष्टी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर