भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरू एकतावद्ध हुनुपर्छ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शुन्यतामा पुर्याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकतावद्ध र प्रतिवद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो।

मंगलबार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकतावद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताए।

अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि दोहोर्याए। ओलीले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताए।

उनले भने, ‘राष्ट्रिय आय बढाउनु पर्दछ। त्यसको लागि सुशासन, पारदर्शीता। त्यसका लागि भ्रष्टाचार न्यूनता र शून्यता। त्यस स्थितिमा नलाने हो भने देश कसरी बन्छ ? त्यसकारण सबै कुराको सारतत्व हामी देश विकास गर्नसक्छौं। तर प्रतिवद्धता र प्रतिवद्ध प्रयास चाहिन्छ। सही बाटोमा अघि हिँड्नुपर्छ। मैले विगतमा संसदको प्रश्तुत गरेका अभिव्यक्तिहरुमा होस् अथवा अघिपछिका अभिव्यक्तिहरुमा पनि यिनै कुराहरु आएका छन्। मलाई लाग्छ–यस कुरामा देश एकजुट भएर अघि बढ्नुपर्दछ। राष्ट्रिय एकता, राष्ट्रिय संकल्प, राष्ट्रिय प्रतिवद्धता, राष्ट्रिय आत्मविश्वास यसका साथ अगाडि बढ्न जरुरी छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर