नेपाल–भारत सम्बन्धबारे छलफल

भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबार भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।

नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले बुधबार नै लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु बुधबार दिल्लीस्थित् लोकसभा भवनमा पुगेर त्यहाँका सभामुखसँग छलफल गरेका हुन्।

लोकसभा भवनमा समितिका प्रतिनिधिमण्डलहरूलाई लोकसभाका सभामुख ओम बिरालाले स्वागत गर्नुका साथै विभिन्न विषयमा छलफल भएको लोकसभा सचिवालयले जनाएको छ।

नेपालको प्रतिनिधिमण्डल मंगलबार भारतको राजधानी दिल्ली पुगेको थियो। भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरू भारत गएका हुन्।

भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् ।

उनीहरुलाई मंगलबार विमानस्थलमा भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको थियो। ३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसँग कुराकानी गर्नको लागि विभिन्न सुझावहरूसमेत दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *